दफा ४६
करार गरी उत्पादन गर्न सक्ने
(१) प्रचलित कानून बमोजिम दर्ता भएको कुनै उद्योग वा कम्पनी वा फर्म वा प्रतिष्ठानले आपसमा करार (कन्ट्रयाक्ट) वा उपकरार (सव– कन्ट्रयाक्ट) गरी वस्तु वा सेवाको उत्पादन गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम कुनै निर्यातमूलक उद्योग वा निर्यात प्रवद्र्धन गृहको लागि तोकिए बमोजिमको मापदण्ड पूरा गरी करार (कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ्ग) वा उपकरार (सव–कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ्ग) का आधारमा निश्चित परिमाणमा वस्तु वा सेवाको उत्पादन गरिदिएमा त्यस्तो उद्योग वा कम्पनी वा फर्म वा प्रतिष्ठानलाई तोकिए बमोजिमको छुट, सुविधा र सहुलियत उपलब्ध गराउन सकिनेछ ।